स्वास्थ्य सामाग्री समयमा नल्याउने ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले स्वास्थ्य सामाग्री समयमा ल्याउन नसकेर कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएको ओम्नी समूहको कारबाही तत्काल यथास्थितिमा राख्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले असोज २२ गतेसम्म कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो। इजलासले दुबै पक्षलाई छलफलका लागि समेत बोलाएको छ।

भदौ २९ गते कालोसूचीको प्रक्रिया अघि बढाउन स्वास्थ्य सेवा विभागले सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई पत्राचार गरेको थियो।

त्यसपछि असोज ९ गते ओम्नीका तफएबाट पारस केसीले सर्वोच्चमा रिट दायर गरेका थिए। ओम्नीले यसअघि खरिद सम्झौता निरन्तरताका लागि समेत सर्वोच्चमा रिट दायर गरेको थियो। अदालतले उक्त माग दाबीमा भने मागअनुसार आदेश अस्वीकार गरेको थियो।

स्वास्थ्य सामाग्री समयमा ल्याउन नसकेपछि विभागले ओम्नीसँगको सम्झौता खारेज गरेको थियो। साथै धरौटी जफत समेत गरेको थियो।

(function(d,s,id){var js,fjs=d.getElementsByTagName(s)[0];if(d.getElementById(id))return;js=d.createElement(s);js.id=id;js.src=”http://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.0″;fjs.parentNode.insertBefore(js,fjs);}(document,’script’,’facebook-jssdk’));(function(d,s,id){var js,fjs=d.getElementsByTagName(s)[0];if(d.getElementById(id))return;js=d.createElement(s);js.id=id;js.src=”http://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.5&appId=208387149303049″;fjs.parentNode.insertBefore(js,fjs);}(document,’script’,’facebook-jssdk’));

सम्बन्धित खवर

तपाईको प्रतिक्रिया