देशको माया (कविता)

 आर. मानन्धर

जंगलका
ठूला साना
सबै जनावरलाई
माया हुन्छ- जंगलको,
आफ्नो बस्ने थलोको।

तर हरेकको चिन्ता भने
फरकफरक हुन्छ,
कसलाई के खाउँ भन्ने ध्याउन्ना त
कसैलाई भने कसैले खाइदेला किे
भन्ने चिन्ता।

अनि ह्रिंसकजनावरहरू मिलेर कराउँछन्-
यी घाँस खाने जनावरहरूलाई
देशको माया नै छैन,
खाली आफ्नै चिन्तामा डुबिरहन्छन्
कति साह्रै साम्प्रदायिक!

(मूलतःनेपालभाषाका…

सम्बन्धित खवर

तपाईको प्रतिक्रिया