प्रहरी समायोजनको बाटो खुल्यो, संघीय प्रहरीलाई उपत्यकाको सुरक्षा जिम्मेवारी

काठमाडौँ : समायोजन ऐन पारित भए पनि प्राविधिक त्रुटिका कारण रोकिएको प्रहरी समायोजन अब अघि बढ्ने भएको छ। उपत्यकाको सुरक्षा जिम्मेवारी संघीय वा प्रदेश प्रहरीले कसले लिने भन्ने विषयमा अन्योल भएपछि समायोजनको प्रक्रिया समेत रोकिएको थियो।

सरकारको सिफारिस अनुसार सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ अध्यादेश जारी गरेसँगै सुरक्षा जिम्मेवारीको विवाद टुंगिएको हो।

नेपाल प्रहरी, प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन संशोधन अध्यादेश सोमबार राष्ट्रपतिबाट जारी भएको हो। संघीय संसद्को अधिवेशन नभएको अवस्थामा तीन अध्यादेश राष्ट्रपतिबाट जारी भएका हुन्।

अध्यादेश अनुसार अब काठमार्डौँ, भक्तपुर र ललितपुरको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीले गर्नेछ। बाग्मती प्रदेश अन्तर्गतका तीन जिल्लाको सुरक्षा संघीय प्रहरीले पाएको हो। यस्तै, तीन जिल्लाको हकमा प्रदेश प्रहरीले गर्ने कुनै पनि फौजदारी कसुरको अनुसन्धान पनि अब नेपाल प्रहरीले नै गर्नेछ।

सुरक्षा प्रयोजन तथा सम्पादन हुने अन्य कामका लागि उपत्यकामा नेपाल प्रहरी अन्तर्गतका कार्यालय नै रहनेछन्।

(function(d,s,id){var js,fjs=d.getElementsByTagName(s)[0];if(d.getElementById(id))return;js=d.createElement(s);js.id=id;js.src=”http://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.0″;fjs.parentNode.insertBefore(js,fjs);}(document,’script’,’facebook-jssdk’));(function(d,s,id){var js,fjs=d.getElementsByTagName(s)[0];if(d.getElementById(id))return;js=d.createElement(s);js.id=id;js.src=”http://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.5&appId=208387149303049″;fjs.parentNode.insertBefore(js,fjs);}(document,’script’,’facebook-jssdk’));

सम्बन्धित खवर

तपाईको प्रतिक्रिया