सुपर ओभरमा मुम्बइमाथि आरसीबीको रोमाञ्चक जित, एक रनले शतकबाट चुके इशान किसन

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बइ इण्डियन्समाथि सुपर ओभरमा रोमाञ्चक जित निकालेको छ।

दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन जोडेको थियो।

बेङ्ग्लोरका लागि तीन खेलाडीले अर्धशतक बनाए। जसमा एबि डि भिलियर्सले सर्वाधिक अभिजित ५५ रन जोडे।

त्यस्तै देबदत्त पार्डिकलले ५४ रन र आरोन फिन्सले ५२ रन जोडे। त्यस्तै शिभम् दुबे २७ रनमा अभिजित रहे।

कप्तान बिराट कोहली आजको खेलमा पनि जमेनन्। ११ बलमा ३ रन जोड्दै कोहली आउट भएका थिए।

उता मुम्बइका लागि ट्रेन्ट बोल्टले सर्वाधिक २ विकेट लिँदा राहुल चाहरले १ विकेट लिए।

यता मुम्बइ इण्डियन्सको ओपनिङ खास जमेन। कप्तान रोहित शर्मा ८ रन बनाएर आउट हुँदा क्विन्टन डी ककले १४ रन बनाए। सूर्यकुमार यादव डक आउट भए। सुरुमै धर्मराएको मुम्बइको पारी इसान किसनले सम्हालेका थिए। उनी शतक बनाउन १ रनले चुके। त्यस्तै किइरोन पोलार्डले अभिजित ६० रन बनाए। त्यसअघि हार्दिक पाण्ड्याले १५ रन जोडेका थिए।

बेङ्ग्लोरका लागि इसुरु उडनाले २ विकेट तथा वासिङ्टन सुन्दर, युजवेन्द्र चाहल र एडम जाम्पाले समान १/१ विकेट लिए। निर्धारित ओभरमा खेल बराबरी भएपछि सुपरओभरमा खेल पुगेको थियो।

सुपर ओभरमा मुम्बइले ८ रनको लक्ष्य दिएको थियो। जसलाई बेङ्ग्लोरले अन्तिम बलमा पुरा गर्‍यो।

आईपीएलको जारी सिजन यो दोस्रो पटक सुपर ओभरमा खेल पुगेको हो। यसअघि दिल्ली क्यापिटल्सले पञ्जाबलाई सुपरओभरमा हराएको थियो।

(function(d,s,id){var js,fjs=d.getElementsByTagName(s)[0];if(d.getElementById(id))return;js=d.createElement(s);js.id=id;js.src=”http://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.0″;fjs.parentNode.insertBefore(js,fjs);}(document,’script’,’facebook-jssdk’));(function(d,s,id){var js,fjs=d.getElementsByTagName(s)[0];if(d.getElementById(id))return;js=d.createElement(s);js.id=id;js.src=”http://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.5&appId=208387149303049″;fjs.parentNode.insertBefore(js,fjs);}(document,’script’,’facebook-jssdk’));

सम्बन्धित खवर

तपाईको प्रतिक्रिया