हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल खारेज गर्न माग

काठमाडौं: नेपाल वायुसेवा निगम कर्मचारी संघले हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवा दिने निर्णय तत्काल खारेज गर्न माग गरेको छ। संघले सोमवार पत्रकार सम्मेन गरेर राष्ट्र र राष्ट्रिय हित विपरीत रहेको निर्णय तत्काल खारेज गरेर निगमको हितमा आवश्यक कार्य गर्न सरकारलाई अनुरोध गरेको हो।

पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष भानुभक्त कटुवालले तत्काल निर्णय खारेज गर्नुपर्ने माग गरे।

पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘ग्राउण्ड ह्याण्डलिङ नेपाल वायु सेवा निगम (नेवानि) ले सञ्चालन गर्दा विमानस्थलमा सुरक्षा व्यवस्था व्यवस्थापनमा सहजता र देशको नियन्त्रण हुनु र थुप्रै रोजगारी सिर्जना गरेको छ। यदि यो सेवा अरुलाई सञ्चालन गर्न दिएमा नेपाल सरकारले ठूलो लगानी र रोजगारको अवसर देशले प्राप्त गर्ने राजश्व गुम्ने र बेरोजगारीको संख्या बढ्नुको साथै हाल कार्यरत कर्मचारीको जागिर गुम्ने भएकोले गर्दा अन्य निजी विमान कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिनु आम कर्मचारी र देशहित विपरित हो।’

संघले इयुले लगाएको प्रतिबन्ध हटाउने बेला यो निर्णय घातक हुने भन्दै चिन्ता व्यक्त गरेको छ। संघले वायु सेवा निगममा भएका वेथितिविरुद्ध विभिन्न माग राखेको छ।

(function(d,s,id){var js,fjs=d.getElementsByTagName(s)[0];if(d.getElementById(id))return;js=d.createElement(s);js.id=id;js.src=”http://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.0″;fjs.parentNode.insertBefore(js,fjs);}(document,’script’,’facebook-jssdk’));(function(d,s,id){var js,fjs=d.getElementsByTagName(s)[0];if(d.getElementById(id))return;js=d.createElement(s);js.id=id;js.src=”http://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.5&appId=208387149303049″;fjs.parentNode.insertBefore(js,fjs);}(document,’script’,’facebook-jssdk’));

सम्बन्धित खवर

तपाईको प्रतिक्रिया