शिशुलाई ६ महिनासम्म आमाकै दूध चुसाउनुकाे कारण यस्ताे छ

अामाकाे त शब्द नै काफि छ…शिशुलाई स्वस्थ राख्न ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्नेमा पोषणविद्ले जोड दिइरहेका छन् । तर पछिल्लो समय नेपालमा यसो गर्ने आमा घट्दै गएको पाइएको छ । ‘विश्व स्तनपान सप्ताह–२०७७’ का अवसरमा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले यस्तो अवस्था औंल्याएको हो ।

जन्मेको ६ महिनासम्म आमाको मात्र दूध खुवाउनाले शिशुको शरीरमा रोगसित लड्ने प्रतिरक्षा शक्ति बलियो हुन्छ भने २ वर्षसम्म स्तपान गराए बालबालिकाको मस्तिष्क र शरीर राम्रोसँग विकास हुन पाउँछ

पछिल्लो अध्ययन–२०१६ अनुसार काठमाडौं उपत्यकामा ६ महिनाभित्रका शिशुलाई स्तनपान गराउने आमा ६६ प्रतिशत, २ वर्षसम्म स्तनपान गराउने ८८ प्रतिशत छन् भने देशभरमा स्तनपान गराउने आमा ९९ प्रतिशत छन् । सरकारले सन् २०३० सम्ममा ६ महिनासम्म लगातार स्तनपान गराउने आमाको संख्या ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

विज्ञका अनुसार आमाको दूधमा जस्तो प्रतिरक्षा क्षमता विकास गर्ने तत्व बट्टाका दूधमा पाइँदैन । यसकारण हरेक आमाले आफ्ना शिशुलाई ६ महिनासम्म आफ्नो मात्र दूध चुसाउने र ६ महिनापछि अन्य पौष्टिक खानेकुराका साथ २ वर्षसम्म स्तनपान गराउनुपर्छ ।

आमाको दुध राम्रोसित खान पाएका शिशु अकालमै मर्ने सम्भावना पनि कम हुन्छ । अझ शिशु जन्मिनेबित्तिकै आमाको बिगौती दूध खुवाउनु स्वास्थ्यका लागि निकै प्रभावकारी हुने विज्ञ बताउँछन्

पछिल्लो समय महिला कामकाजी भएकाले बच्चालाई पूरा अवधि स्तनपान गराउने चलनमा असर परेको पोषण शाखाका प्रमुख केदारराज पराजुलीले बताए । उनका अनुसार कामकाजका लागि महिला घरबाहिर निस्कने क्रम बढेकाले बच्चाले पूरा ६ महिना आमाको दूध खान वातावरण बन्न नसकेको हो । बच्चा ६ महिना नपुग्दै आमा जागिर तथा व्यवसायमा जाने गरेकाले स्तनपानको सट्टा कृत्रिम दूध तथा खानेकुरा दिने क्रम बढेको अध्ययनले औंल्याएको छ ।

पोषणविद्का अनुसार जन्मेको ६ महिनासम्म आमाको मात्र दूध खुवाउनाले शिशुको शरीरमा रोगसित लड्ने प्रतिरक्षा शक्ति बलियो हुन्छ भने २ वर्षसम्म स्तपान गराए बालबालिकाको मस्तिष्क र शरीर राम्रोसँग विकास हुन पाउँछ । साथै आमाको दुध राम्रोसित खान पाएका शिशु अकालमै मर्ने सम्भावना पनि कम हुन्छ । अझ शिशु जन्मिनेबित्तिकै आमाको बिगौती दूध खुवाउनु स्वास्थ्यका लागि निकै प्रभावकारी हुने विज्ञ बताउँछन् ।

नेपालमा शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत, शिशु जन्मेको ३ महिनासम्म आफ्नो मात्र दूध खुवाउनेको संख्या ७२ प्रतिशत छ

विज्ञका अनुसार आमाको दूधमा जस्तो प्रतिरक्षा क्षमता विकास गर्ने तत्व बट्टाका दूधमा पाइँदैन । यसकारण हरेक आमाले आफ्ना शिशुलाई ६ महिनासम्म आफ्नो मात्र दूध चुसाउने र ६ महिनापछि अन्य पौष्टिक खानेकुराका साथ २ वर्षसम्म स्तनपान गराउनुपर्छ । अनि मात्र बालबालिका स्वस्थ हुन्छन् ।

तथ्यांकअनुसार नेपालमा शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत, शिशु जन्मेको ३ महिनासम्म आफ्नो मात्र दूध खुवाउनेको संख्या ७२ प्रतिशत छ । तर कहिल्यै शिशुलाई स्तनपान नगराउनेको संख्या पनि १ प्रतिशत छ ।

नेपालमा पछिल्लो समय शल्यक्रिया गरेर शिशु जन्माउने कारण पनि स्तनपान गराउन नसकेको र कृत्रिम दूध खुवाउने आमाको संख्या बढ्दै गएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

याे समाचार नागरिक न्यूजमा पवित्रा सुनार लेखेकि हुन् ।

सम्बन्धित खवर

तपाईको प्रतिक्रिया