सबै भन्दा धेरै सन्तान भएका बलिउड नायक (फाेटाेफिचर)

शाहरुख खान– बलिउड अभिनेता शाहरुख खान श्रीमती गौरी खानलाई धेरै प्रेम गर्छन्। शाहरुखका पनि ३ सन्तान छन्। सन् १९९८मा आर्यन जन्मिएका थिए भने सन् २००१ मा सुहानाको जन्म भएको थियो। यस्तै सेरोगेसीबाट शाहरुखका तेस्रो सन्तान अबराम जन्मिएका थिए।

संजय दत्त– सबै भन्दा धेरै विवाह गर्ने बलिउड नायकहरु मध्ये एक रहेका संजयले ३ विवाह गरेका थिए। ३ विवाह गरेका संजयका ३ सन्तान छन्। त्रिशला पहिलो श्रीमतीबाट जन्मिएकी थिइन्। यस्तै उनले दोस्रो विवाह गरेता पनि सम्बन्ध खासै राम्रो हुन नसकेपछि उनले सम्बन्ध विच्छेद गरी तेस्री श्रीमारीको रुपमा मान्यतासँग विवाह गरे। मान्यताबाट संजयका २ सन्तान छन्।

धर्मेन्द्र– सबै भन्दा धेरै सन्तान हुने बलिउड कलाकारको सूचीमा धर्मेन्द्रको नाम सबै भन्दा शिर्ष स्थानमा आउँछ। दुई विवाह गरेका धर्मेन्द्रका ६ सन्तान छन्। सनी, बबी, अजिता, विजेता, इशा र अहाना ६ जना धर्मेन्द्रका सन्तान हुन्। सनी, बबी, अजिता र विजेता ४ जना पहिलो श्रीमती प्रकाश कौरबाट जन्मिएका थिए। यता इशा र अहाना भने हेमा मालिनीबाट जन्मिएका हुन्।

आमिर खान– आमिर खान बलिउडकै सबै भन्दा सफल र चर्चित नायक हुन्। आमिर खानका दुई श्रीमतीबाट ३ सन्तान छन्। पहिलो श्रीमती रीना दत्ताको तर्फबाट एक छोरी इरा खान र छोरा जुनैद छन्। यस्तै दोस्रो श्रीमती किरण राव तर्फबाट आमिरका छोरा छन्, उनको नाम आजाद हो।

सैफ अली खान– सबै भन्दा धेरै सन्तान हुने बलिउड कलाकारको सूचीमा सैफ अली खान पनि पर्छन्। दुई श्रीमती रहेका सैफका पनि ३ सन्तान छन्। सारा अली खान र इब्राहिम अली खान सैफकै सन्तान हुन्। अमृता सिंहबाट यी दुई जन्मिएका थिए। अमृतासंग सम्बन्ध विच्छेद भएपछि सैफले करीना कपूरसँग विवाह गरेका थिए। करिनाबाट सैफका तैमुर नाम गरेका छोरा छन्।

सम्बन्धित खवर

तपाईको प्रतिक्रिया