आँचलले घुमाइन् उदिपको अफिस, यस्तो काम गर्दा रहेछन् उनी (भिडियो)

नेपाली चर्चित नायिका आँचल श्रेष्ठसंगको विवाह पछि अहिले उदिप श्रेष्ठ पनि मिडियामा छाइरहेका छन् । आँचलको प्रेम र विवाह जिवनका बारेमा गरिने चर्चामा उदिप जोडिन आइपुग्छन् । विवाह लगत्तै लकडाउन भएका कारण उदिप र आँचल निकै लामो समय संगै समय बिताउन पाएका छन् । उनीहरुले घरमै निकै रमाइलो समय बिताएका थिए ।

लकडाउनको अन्त्यसंग आँचल फेरी काममा फर्कीएकी छन् । उनले म्युजिक भिडियोमा काम सुरु गरेकी छन् । उदिप पेशाले चिकित्सक हुन् । उनीहरुको करिब डेढ वर्ष लामो प्रेम पछि विवाह गरेका हुन् । दुई जनाको विवाहको पनि निकै चर्चा भएको थियो । निकै भब्यताका साथ भएको विवाहको सामाजिक सञ्जाल र मिडियामा चर्चा भएको हो ।

आँचलले लगाएको गहना र कपडाको पनि कुरा भएको थियो । उदिप पेशाले चिकित्सक भएका कारणले लकडाउनका समयमा पनि उनी भने ब्यस्त नै थिए । आँचल भने घरमै रमाइलो समय बिताएकी थिइन् । लकडाउन अन्त्य भएसंगै बाहिर निस्केकी आँचलले उदिपको कार्यालय घुमाएकी छन् ।

उदिपको अफिसमा युटयुवरलाई लिएर गएर उनले त्यहाँको वस्तुस्थितीको बारेमा जानकारी गराएकी हुन् । उनको कार्यालय बालुवाटारमा छ । उनको हेल्दी च्वाइस क्लीनिक सञ्चालन गरेका छन् । त्यसमा पाइने सबै सेवा र सुविधाका बारेमा उनले जानकारी दिएका छन् ।

भट्टचन कम्प्लेक्समा भएको उनको क्लीनिकमा कपालको ट्रान्सप्लान्टको काम पनि हुन्छ । उनले त्यसवाहेक अन्य कामहरु पनि पर्छन । आँचलले श्रीमान उदिपकोक काममा पनि सहयोग गर्छिन । उनी उदिपसंगै अफिस जानिछन् र काममा सघाउने गरेकी छन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति : August 5, 2020

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.11’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = “http://connect.facebook.net/en_US/sdk.js#xfbml=1&appId=&version=v2.3”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

सम्बन्धित खवर

तपाईको प्रतिक्रिया